अछाममा तरुल खन्न गएका बालकको ढुंगाले च्यापिएर मृत्यु

अछाममा तरुल खन्ने क्रममा ढुंगाले च्यापिएर एक बालकको मृत्यु भएको छ ।

मंगलसेन नगरपालिका वडा नम्बर ११ खिमाडाका पुरन भुलका माइला छोरा १४ वर्षीय गौतम भुलको खिमाडाको पडानी भन्ने ठाउँमा तरुल कोर्ने क्रममा ढुंगाले च्यापिएर घटनास्थलमै मृत्यु भएको हो ।

बुधबार दिउँसो दुई भाइ सँगै तरुल खन्न गएका र दाइको ठूलो ढुंगामा च्यापियर मृत्यु भएको प्रहरीले जनाएको छ । भाइले खबर गर्दा गाउँमा थाहा भएको वडा अध्यक्ष नरबहादुर भण्डारीले बताए ।

मृतक बालक मंगला नेपाल राष्ट्रिय माध्यमिक विद्यालय ओलिगाउँमा कक्षा ५ मा अध्ययनरत थिए ।





  • प्रकाशित मिति : मंसिर १४, २०७९ बुधबार २१:५५:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया