स्याङ्जा–२ मा पद्मा अर्याललाई सुरुवाती अग्रता, पछ्याउँदै धनराज गुरुङ

प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत स्याङ्जाको क्षेत्र नम्बर–२ मा नेकपा एमालेकी पद्मा अर्यालले अग्रता लिएकी छन् । 

गल्याङ नगरपालिका–६ र ७  तथा भिरकोट–५ र ६ को गणना हुँदा एमाले उम्मेदवार अर्यालले २ हजार ६४८ मत प्राप्त गरेकी छन् । उनका प्रतिस्पर्धी कांग्रेसका धनराज गुरुङले २ हजार २०४ मतसहित पछ्याइरहेका छन् ।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले ५१२ मत प्राप्त गरेका छन् । स्याङ्जा–२ मा ७० हजार १९१ मत खसेको छ । यहाँ गएरातिदेखि गणना सुरु भएको हो । 

४ मंसिरमा भएको चुनावमा विवादपछि स्याङ्जा–२, बाजुरा र दोलखामा मत गणना रोकिएको थियो ।  





  • प्रकाशित मिति : मंसिर १५, २०७९ बिहीबार ६:४९:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया