नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्याङ्जा र बाजुरामा भएको धाँधलीलाई निर्वाचन आयोगले वैधता दिएको आपत्ति जनाएका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमार्फत दुई जिल्लामा सत्तापक्षले निर्वाचन आयोगसँग सेटिङ मिलाएको आरोप लगाएका हुन् ।
‘स्याङ्जा र बाजुरामा सत्तापक्षले सेटिङ मिलाएर गरेको नांगो धाँधलीलाई निर्वाचन आयोगले वैधता प्रदान गर्नुले गम्भीर चिन्ता बढाएको छ,’ पोखरेलले भनेका छन् ।
विवादका कारण मतगणना रोकिएको स्याङ्जामा बुधबार रातिदेखि गणना कार्य सुरु भएको छ । बाजुरामा भने अझै मतगणना कार्य सुरु भएको छैन ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।