स्याङ्जा–२ धनराज गुरुङले बढाए मतान्तर, पद्मा अर्याल १ हजार बढी मतले पछाडि

स्याङ्जा निर्वाचन क्षेत्र नं. २ मा नेपाली कांग्रेसका धनराज गुरुङले मतान्तर बढाएका छन् । उनले नेकपा नेकपा (एमाले) की पद्मा कुमारी अर्यालसँगको मतान्तर बढाएका हुन् ।

पछिल्लो मत परिणामअनुसार अर्यालभन्दा गुरुङ १ हजार १ सय ३५ मतले अगाडि छन् । अहिलेसम्म कांग्रेसका गुरुङले ४ हजार ५९० मत पाएका छन् । 

त्यस्तै, एमालेकी अर्यालले ३ हजार ४५५ मत ल्याएकी छन् । स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरुङले १ हजार २१ मत पाएका छन् । 

स्याङ्जा–२ मा अहिलेसम्म गल्याङ नगरपालिका–६ र ७ तथा भीरकोट नगरपालिका–५, ६, ७ र ८ गणना भइसकेको छ । अहिले भीरकोटकै ९ नम्बर वडाको मत गणना भइरहेको छ ।  





  • प्रकाशित मिति : मंसिर १५, २०७९ बिहीबार १०:४६:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया