स्याङ्जा–२ मा मतान्तर बढाउँदै धनराज, पद्मा १६ सय बढी मतले पछाडि

स्याङ्जा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले अग्रता कायमै राखेका छन् । मतगणनाको पछिल्लो परिणामअनुसार उनले ६ हजार ६९८ मत प्राप्त गरेका छन् ।

गुरुङलाई पछ्याइरहेकी नेकपा एमालेकी पद्मा अर्याल ५ हजार ३ मत पाएकी छन् । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टी चुनाव चिन्हका टीकाराज गुरुङले २००४ मत पाएका छन् ।

अहिले गुरुङ र अर्यालबीचको मतान्तर १ हजार ६९५ रहेको छ ।

विवादका कारण रोकिएको स्याङ्जा क्षेत्र नम्बर २ को मतगणना बुधबार रातिदेखि सुरु भएको हो । यस क्षेत्रमा कुल ७० हजार १९१ मत खसेको छ ।  
 





  • प्रकाशित मिति : मंसिर १५, २०७९ बिहीबार १३:५३:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया