कटुवा पेस्तोलसहित दुई जना पक्राउ
सांकेतिक तस्विर

सिरहामा कटुवा पेस्तोलसहित दुई जना पक्राउ परेका छन् । सिरहाको गोलबजार नगरपालिका-११ बलकवा मैनाबती पुलबाट बुधबार राति बाह्रबोरको कटुवा पेस्तोलसहित दुई जना पक्राउ परेका प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरूमा गोलबजार नगरपालिका-४ का १९ वर्षीय कृष्णाकुमार यादव र सोही नगरपालिका-११ बलकवाका २१ वर्षीय मोहम्मद अरमान खान रहेका छन् ।

इलाका  प्रहरी कार्यालय गोलबजारबाट खटिएको टाेलीले उनीहरूलाई कटुवा पेस्तोल पक्राउ गरेको जनाएको छ ।  यस सम्बन्धमा थप  आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ । 
 





  • प्रकाशित मिति : मंसिर १५, २०७९ बिहीबार १४:४:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया