बाजुराका चेतन अयडीको हत्या आराेपमा वडाध्यक्ष पक्राउ

बाजुराको त्रिवेणी नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष जुद्धबहादुर अयडी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुका केन्द्रीय सदस्य चेतन अयडीको हत्या आरोपमा वडाध्यक्ष जुद्धबहादुर अयडी पक्राउ परेका हुन् ।

मृतक चेतनका आफन्तले हत्यामा संलग्न भएको आरोप लगाउदै वडा अध्यक्षसहित २२ जना विरुद्ध किटानी जाहेरी दिएका थिए । जिल्ला प्रहरी कार्यलय बाजुराका प्रमुख सूर्य थापाले चेतन मृत्यु प्ररकरणमा किटानी जाहेरी आएपछि वडा अध्यक्षलाई प्रक्राउ गरेको बताए । उक्त घटनाको आरोपमा तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएको थापाले बताएका छन् । जुद्धबहादुर अयडी नेपाली काँग्रेसबाट विजयी वडाध्यक्ष हुन् ।

विद्यार्थी नेता चेतनको हत्या आरोपमा अहिलेसम्म तीनजना प्रहरीको नियन्त्रणमा छन् । एकजनालाई सोधपुछपछि छोडिएको छ । उनीहरुको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन । मंसिर ४ गतेको प्रदेश र प्रतिनिधिसभा सदस्यको मतदानका क्रममा बाजुराको त्रिवेणी नगरपालिका वडा नम्बर ७ को नाटेश्वरी आधारभुत विद्यालयमा विवाद भएको थियो । 

प्रहरीको गाली लागेर सञ्जीव अयडीको मृत्यु भएको थियो भने विद्यार्थी नेता चेतनको कुटपिटबाट मृत्यु भएको थियो । एमालेको विद्यार्थी संगठन अनेरास्ववियुका केन्द्रीय सदस्य चेतनको कांग्रेसका कार्यकर्ताले कुटपिट गरेर मृत्यु भएकाे आरोप एमालेको छ ।





  • प्रकाशित मिति : मंसिर १५, २०७९ बिहीबार १६:२२:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया