स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा दुईजना डेंगु सङ्क्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा मृत्यु हुने डेंगु सङ्क्रमितको सङ्ख्या ६२ पुगेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार १० दिनमा १३ सय ९५ डेंगु सङ्क्रमित थपिएसँगै अहिलेसम्म ७७ जिल्लाबाट ५३ हजार ९५१ जना डेंगुबाट सङ्क्रमण पुष्टि भएको छ ।
डेंगु भाइरस सङ्क्रमित एडिज जातको लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने गर्छ । यो भाइरस जुनसुकै उमेर समूहका व्यक्तिलाई लाग्ने गर्छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।