देउवा प्रधानमन्त्री, माओवादीले राष्ट्रपति र हामी सभामुख लिन्छाैँ : मन्त्री चाैधरी

सहरी विकासमन्त्री एवं नवनिर्वाचित सांसद मेटमणि चौधरीले आगामी सरकारको नेतृत्व पनि कांग्रेस सभापति शेरबहादुर देउवाले नै गर्ने दाबी गरेका छन् । नेकपा एकीकृत समाजवादीका नेता चाैधरीले सत्ता बाँडफाँटमा कांग्रेसले प्रधानमन्त्री,माओवादीले राष्ट्रपति आफ्नाे
पार्टी एकीकृत समाजवादीले सभामुख लिने दाबी गरे ।

बिहीबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले 
यस्ताे बताएका हुन् । गठबन्धन नेतृत्वमै सरकार निर्माणको विषयमा छलफल भइरहेको उनले बताए । 

प्रधानमन्त्रीसहित राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुख सबै पद प्याकेजमै सहमति हुने भन्दै उनले अब पाँच वर्ष गठबन्धनकै सरकार बन्नेमा कुनै कन्फ्युजन नरहेकाे बताए । 

एमालेसहितको वामपन्थीहरुको नेतृत्वमा सरकार बन्ने सम्भावना नभएको भन्दै उनले गठबन्धनमा कांग्रेस ठूलो दल भएकाले उसले प्रधानमन्त्री लिने र देउवा नै प्रधानमन्त्री दोहोरिने खुलासा गरे । 





  • प्रकाशित मिति : मंसिर १५, २०७९ बिहीबार १८:२४:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया