बाजुरामा कांग्रेसका पाण्डेको अग्रता कायमै, एमालेका थापा १११२ मतले पछाडि

प्रतिनिधिसभा निर्वाचनअन्तर्गत बाजुरामा जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता कायमै राखेका छन् । 

आज बिहानको मत परिणाम अनुसार बाजुरामा कांग्रेस उम्मेदवार बद्री पाण्डेले अग्रता कायमै राखेका हुन् । उनले अहिलेसम्म ५ हजार १०६ मत पाएका छन् ।

पाण्डेलाई पछ्याइरहेका नेकपा एमालेका उम्मेदवार कर्ण थापाले ३ हजार ९९४ मत प्राप्त गरेका छन् । उनीहरूबीचको मतान्तर १ हजार ११२ रहेको छ । 

४ मंसिरमा भएको निर्वाचनमा एमालेले धाँधली भएको आरोप लगाएपछि बाजुरामा बुधबारदेखि मात्रै मतगणना सुरु भएको थियो । 





  • प्रकाशित मिति : मंसिर १६, २०७९ शुक्रबार ७:१९:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया