नवलपरासी (बर्दघाट सुस्तापूर्व) को धौवादीमा जिप दुर्घटनामा मृत्यु भएका चारै जनाको पहिचान खुलेको छ । प्रहरीका अनुसार दुर्घटनामा बुलिङटार गाउँपालिका–६ का ६० वर्षीय होमबहादुर रानाभाट, बुलिङटार–५ राइकोटकी ६७ वर्षीया मनसभा बराल, बौदीकाली गाउँपालिका–२ की २८ वर्षीया केसरी दराई र ५८ वर्षीय यामबहादुर ठाडाको मृत्यु भएको हो ।
बिहीबार साँझ भएको दुर्घटनामा घाइते भएका आठ जनाको चितवनमा उपचार भइरहेको छ । घाइते हुनेमा चालक दुर्गाबहादुर विरकट्टा, फूलमाया कुमाल, सुनिता रानाभाट, निश्चल रानाभाट, खेमचन्द्र दरई, सजन दरई, सुना सुनार र उत्तम क्षेत्री रहेका छन् ।
प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीका अनुसार दलदलेबाट डेडगाउँ जाँदै गरेको गण्डकी प्रदेश ०४–००१ज–०००६ नम्बरको जिप हुप्सेकोट गाउँपालिका–५ धौवादीको कान्छीपानी नजिकै दुर्घटना भएको हो ।
सहचालक देवबहादुर नेपालीअनुसार जिप ‘ब्रेक फेल’ भएर भित्तामा ठोक्किएर सडकबाट करिब ३०० मिटर तल खसेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।