धनगढीमा ग्रेडरले किचेर मृत्यु भएकी विद्यार्थीको शव आफन्तले बुझे

धनगढीमा बिहीबार ग्रेडरले किचेर मृत्यु भएकी बालिका चेतना साउँदको शव आफन्तले बुझेका छन् ।  चेतनाका आफन्तले प्रहरी प्रशासनको सहमतिपछि शव  बुझेका हुन् । 

ग्रेडर चालकमाथि मुद्दा दर्ता गर्ने सहमति भएको छ । चालकमाथि सवारी ज्यान सम्बन्धी मुद्दा दर्ता गरिएको र चार दिन म्याद थप गरेर घटनाको अनुसन्धान अगाडि बढाउने सहमति गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । 

आज बिहानैदेखि चेतनाको लागि न्याय माग्दै विद्यार्थीहरू प्रदर्शनमा उत्रिएका छन् । धनगढीको पञ्चोदय माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत चेतनाको ग्रेडरले किचेर मृत्यु भएपछि प्रशासनले निषेधाज्ञा समेत लगाएको थियो ।

विद्यार्थीले त्यसको अवज्ञा गर्दै शुक्रबार दिनभर आन्दोलन गरे । विद्यार्थीको आन्दोलनलाई नियन्त्रणमा लिन प्रहरीले ३७ सेल अश्रुग्यास प्रहार गरेको थियो। यस्तै आन्दोलित २३ विद्यार्थीलाई नियन्त्रण लिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए । 

धनगढीमा प्रदर्शन : प्रहरीद्वारा ३७ सेल अश्रुग्यास प्रहार, २१ जना पक्राउ

धनगढीमा तनाव बढ्दै, निषेधाज्ञाकाबीच प्रदर्शन हुँदा प्रहरीले गर्‍यो अश्रुग्यास प्रहार



 



  • प्रकाशित मिति : मंसिर १६, २०७९ शुक्रबार १६:५९:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया