धनुषा ४ बाट निर्वाचित रघुवीर महासेठ भन्छन् - मधेसका समस्या गम्भीरतापूर्वक उठाउँछु

नेकपा (एमाले)का सचिव तथा धनुषा क्षेत्र नं ४ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रघुवीर महासेठले मधेसको सबै समस्या गम्भीरतापूर्वक उठाउने बताएका छन् । 

प्रेस चौतारी धनुषाले जनकपुरधाममा आज आयोजना गरेको पत्रकार सम्मेलनमा एमाले मधेस प्रदेशका इञ्चार्जसमेत रहेका महासेठले मधेसको हरेक समस्यालाई गम्भीर रुपमा लिएको र यसलाई सशक्त रुपमा सदनमा उठाउने बताए । 

जनताको विश्वास र भरोसामा एमाले अगामी दिनमा खरो रुपमा उत्रने बताउँदै उनले सरकार गठन भएको तीन महिनाभित्र नागरिकताको समस्या समाधान गर्न लागि पर्ने विश्वास व्यक्त गरे । मधेस प्रदेशमा एमाले ठूलो पार्टी भएकाले मुख्यमन्त्री हुने स्वाभाविक भएको बताउँदै उनले यस विषयमा अरू सहयोगी दलसँग पनि सहकार्य हुने र त्यसका लागि छिट्टै पहल सुरु गरिने बताए ।

जनताको अपेक्षाअनुसार नै आफ्नो पार्टीले ठोस एजेन्डाका साथ संसद्मा प्रस्तुत हुने उल्लेख गर्दै महासेठले मुलुकको विकास र समृद्धि एमालेकै नेतृत्वमा सम्भव रहेको दाबी गरे ।  





  • प्रकाशित मिति : मंसिर १६, २०७९ शुक्रबार २१:४०:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया