दोलखामा माओवादीका कार्कीको अग्रता कायमै, एमालेका शिवाकाेटी १७ सय मतले पछाडि

दोलखामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार गंगा कार्कीले अग्रता कायमै राखेका छन् । १६ हजार १ सय ९४ मतगणना हुँदा सत्ता गठबन्धनबाट माओवादी केन्द्रका कार्कीले ७ हजार ७०९ मत प्राप्त गरेका छन् ।

उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले) का बालकृष्ण शिवाकोटीले ६ हजार ७ सय मत प्राप्त गरेका मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए । दोलखाको प्रदेशसभा (क) मा १३ हजार ५ सय ७ मतगणना गर्दा सत्ता गठबन्धनबाट उम्मेदवार नेपाली कांग्रेसका कुन्दनराज काफ्लेले ६ हजार ४ सय ७४ मत तथा एमालेका नरबहादुर श्रेष्ठले ५ हजार ३ सय १९ मत ल्याएका छन् ।

प्रदेशसभा (ख) मा १७ हजार ४ सय ३१ मतगणना हुँदा एमालेका भरत केसीले ७ हजार ९ सय ७ र कांग्रेसका बर्मा लामाले ७ हजार ३ सय ७३ मत प्राप्त गरेका छन् । दोलखामा कूल ८५ हजार ९ सय ७८ मत खसेको थियो ।

दोलखामा जम्मा ९४ मतदानस्थल र एक सय ९५ मतदान केन्द्र रहेका थिए ।  





  • प्रकाशित मिति : मंसिर १७, २०७९ शनिबार ९:१६:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया