बागमती प्रदेशका नवनिर्वाचित सांसदहरूको शैक्षिक योग्यता कति ?

बागमती प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ निर्वाचित सांसदमध्ये अधिकांश स्नातक र स्नातकोत्तरसम्मको शिक्षा हासिल गरेका छन् । नवनिर्वाचित प्रदेश सभा सदस्यमध्ये एक जनाले विद्यावारिधि (पिएचडी) गरेका छन् भने एक जना ‘अन्डर एसएलसी’ छन् ।

भक्तपुर क्षेत्र नम्बर–२ (क)बाट निर्वाचित एकीकृत समाजवादीका राजेन्द्रमान श्रेष्ठले विद्यावारिधि गरेका छन् । मकवानपुर क्षेत्र नम्बर १ (क) बाट निर्वाचित माओवादी केन्द्रका प्रेमबहादुर पुलामी अन्डर एसएलसीका हुन् । उनीहरू दुवै जना प्रदेशसभाको दोस्रो कार्यकालको यात्रामा छन् ।

निर्वाचन आयोगको तथ्याङ्क अनुसार बागमती प्रदेका १२ सांसदले स्नातकोत्तर तहको शैक्षिक उपाधि प्राप्त गरेका छन् भने २१ जना स्नातक तहसम्मको अध्ययन पुरा गरेका छन् । १६ जनाले प्रवीणता प्रमाणपत्र तह, ९ जनाले एसएलसी, ३ जनाले एजुकेसन एन/ए को शैक्षिक उपाधि पाएका छन् भने एक जना सांसदको शैक्षिक योग्यता खुलेको छैन ।  





  • प्रकाशित मिति : मंसिर १७, २०७९ शनिबार ११:५३:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया