स्याङ्जाको क्षेत्र नम्बर–२ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङको जित सुनिश्चित भएको छ ।
प्रतिनिधि सभातर्फको मतगणनामा गुरुङ नेकपा एमालेकी उम्मेदवार पद्मा अर्यालभन्दा ५ हजार ९ सय ७५ मतले अगाडि छन् ।
गुरुङले २९ हजार ५ सय ६६ मत प्राप्त गर्दा अर्यालले २३ हजार ५९१ मत प्राप्त गरेकी छिन् । अब गणना गर्न बाँकी मत ४ हजार ८ सय ७१ छ ।
अब चापाकोट नगरपालिकाको वडा नं ८, ९ र १० मात्र गणना गर्न बाँकी रहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।