बाजुरा प्रदेश (क)मा एकीकृत समाजवादीका उम्मेदवार शाही विजयी

बाजुरा प्रदेश (क)का नेकपा एकीकृत समाजवादीका उम्मेदवार नरेश शाही विजयी भएका छन् । शाहीले १० हजार ९ सय ७३  मत ल्याएर विजयी भएका हुन् । 

उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार बल्देव रेग्मीले ८ हजार ६ सय ३२  मत प्राप्त गरी पराजित भएका छन् । त्यसैगरी नेकपा माओवादी केन्द्रका उम्मेदवार कर्णबहादुर विकले १ हजार ९८ मत प्राप्त गरेका छन् । 

यस्तै, बाजुरा प्रदेश (ख)मा नेपाली कांग्रेसका उम्मेदवार पदमबहादुर शाही अगाडि रहेका छन् । प्रदेश ख मा २६ हजार २ सय ९९ मत गणना हुँदा शाहीले २ हजार २ सय ३३ मतको अग्रता कायम गरेका छन् ।

शाहीले १३ हजार ९ सय ४ र नेकपा एमालेका उम्मेदवार  लालबहादुर थापाले ११ हजार ६ सय ७१ मत ल्याएका छन् । 

बाजुरा प्रतिनिधिमा पनि कांग्रेसका उम्मेदवार बद्री पाण्डेले सुरुवातदेखि नै अग्रता लिँदै आएका छन् । पाण्डे नेकपा एमाले उम्मेदवार कर्णबहादुर थापाभन्दा ४ हजार १ सय २१ मतले अगाघि छन् ।





  • प्रकाशित मिति : मंसिर १७, २०७९ शनिबार १९:५७:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया