स्याङ्जा २ मा कांग्रेसका उपसभापति धनराज गुरूङ विजयी

नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङ स्याङ्जा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा विजयी भएका छन्। एमाले सचिव पद्मा अर्याललाई साढे पाँच हजारभन्दा बढी मतले हराउँदै गुरुङ विजयी भएका हुन् । 

अन्तिम परिणामअनुसार गुरूङ ३१ हजार ४ सय ६६ मतका साथ विजयी हुँदा अर्यालले २५ हजार ८ सय ३९ मत ल्याएकी छन्। उनीहरूबीचको मतान्तर ५ हजार ६ सय २७ छ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टीकराज गुरूङले ८ हजार १ सय १३ मत ल्याएका छन्।

यसअघि ०७४ को निर्वाचनमा यो क्षेत्रबाट कांग्रेसका गोपालमान श्रेष्ठलाई हराउँदै अर्याल विजयी भएकी थिइन्।





  • प्रकाशित मिति : मंसिर १७, २०७९ शनिबार २१:३७:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया