दोलखामा एमालेका शिवाकोटीले लिए अग्रता, माओवादीका कार्की १५ सय मतले पछाडि

दोलखामा प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत जारी मतगणनामा नेकपा एमालेका बालकृष्ण शिवाकोटीले अग्रता लिएका छन् । उनले सुरुवातदेखि अगाडि रहेका नेकपा माओवादी केन्द्रका गंगा कार्कीलाई पछि पार्दै अग्रता लिएका हुन् ।

सत्ता गठबन्धनबाट उम्मेदवार बनेका कार्कीलाई करिब १ हजार ५ सय ३ मतले पछि पार्दै शिवाकोटी अग्र स्थानमा छन् । पछिल्लो मतगणना अपडेटमा शिवाकोटीले १६ हजार २१४ मत प्राप्त गरेका छन् ।

उनका निकटतम् प्रतिद्वन्द्वी माओवादीका कार्कीले १४ हजार ७१५ मत ल्याएका छन् । दोलखामा कुल १ लाख ६१ हजार ४ सय ५० मतदाता रहेका थिए ।  





  • प्रकाशित मिति : मंसिर १८, २०७९ आइतबार ७:१४:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया