गोकुल बाँस्कोटाको घरमा शंकास्पद वस्तु भेटियो
फाइल तस्बिर

नेकपा एमालेका नेता तथा नवनिर्वाचित प्रतिनिधि सभा सदस्य गोकुल बाँस्कोटाको घरमा शंकास्पद वस्तु भेटिएको छ । 

प्रहरीका अनुसार भक्तपुरको लोकन्थलीस्थित उनको घरको पेटीमा प्रेसर कुकर बमजस्तो देखिने शंकास्पद वस्तु भेटिएको हो ।  

जिल्ला प्रहरी परिसर भक्तपुरका एसपी प्रजित केसीका अनुसार शंकास्पद वस्तु देखिएपछि नेपाली सेनाको बम डिस्पोजल टोलीलाई जानकारी गराइएको छ । 

आज बिहान छिमेकीले शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए ।  





  • प्रकाशित मिति : मंसिर १८, २०७९ आइतबार ८:१५:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया