समानुपातिकतर्फ १ करोड ४ लाख मतगणना, एमाले शीर्ष स्थानमै

प्रतिनिधिसभाको समानुपातिकतर्फ अहिलेसम्म १ करोड ४ लाख २० हजार मत गणना भएको छ । पछिल्लो मत परिणामअनुसार शीर्ष स्थानमा रहेको नेकपा एमालेले २७ लाख ८८ हजार मत ल्याएको छ ।

यस्तै, कांग्रेसले २६ लाख ६० हजार, माओवादी केन्द्रले ११ लाख ६२ हजार र राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख ३४ हजार मत प्राप्त गरेका छन् । अहिलेसम्म एमाले, कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टी गरी सात वटा दलले थ्रेस होल्ड कटाएर राष्ट्रिय पार्टी बनेका निर्वाचन आयोगले जनाएको छ ।

नेकपा एकीकृत समाजवादीले दुई लाख ९४ हजार ३६२ मत पाएको छ । उसले थ्रेस होल्ड कटाउनेबारे अझै टुङ्गो लागेको छैन । दोलखा र बाजुरामा मतगणना चलिरहेको छ । 

प्रतिनिधि सभातर्फ राष्ट्रिय पार्टी बन्नको लागि कुल सदर मतको ३ प्रतिशत मत ल्याउनुपर्छ । 





  • प्रकाशित मिति : मंसिर १८, २०७९ आइतबार ९:८:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया