बाजुराबाट कांग्रेसका बद्री पाण्डे निर्वाचित, कर्ण थापा ५४३७ मतान्तरले पराजित

नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे बाजुराबाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार पाण्डे एमालेका कर्णबहादुर थापालाई ५ हजार ४ सय ३७ मतान्तरले हराउँदै प्रतिनिधि सभामा विजयी भएका हुन् ।

आइतबार सकिएको मतगणनाअनुसार पाण्डेले ३१ हजार ७ सय ८६ मत पाउँदा एमालेका स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम प्रदेश सहइन्चार्ज समेत रहेका थापाले २६ हजार ३ सय ४९ मत प्राप्त गरे ।

०६४ पछि बाजुरामा कांग्रेसले पहिलोपटक चुनाव जितेको हो । बाजुरामा ०७० र ०७४ मा भने एमाले चुनाव जितेको थियो । बाजुरामा ०४८, ०५६, ०६४ मा कांग्रेसले जितेको थियो ।

५१ र ०७० र ०७४ चुनावमा भने एमाले उम्मेदवार विजयी भए । पाण्डेले २०४३ मा नेविसंघबाट राजनीति थालेका थिए । उनी २०४७ मा वाल्मिकी क्याम्पसमा इकाइ सदस्य र २०४९ मा इकाइ सचिवमा निर्वाचित भएका थिए ।

२०५० मा नेविसंघको बाजुरा जिल्ला अध्यक्ष चुनिएका उनी २०५२ मा वाल्मिकीमै इकाइ अध्यक्ष भए । उनी २०५३ मा वाल्मिकीको स्ववियु र २०५४ मा स्ववियु परिषद्को सभापति बनेका थिए ।

पाण्डे २०५६ मा नेविसंघको केन्द्रीय सदस्य भए । २०५९ मा नेविसंघको उपाध्यक्ष भएका पाण्डे २०६४ को १० औँ महाधिवेशनमा  प्रदीप पौडेलसँग पराजित भए । उनी २०६७ सालमा कांग्रेसको सेती अञ्चलबाट केन्द्रीय सदस्य जिते ।



पाण्डे २०७२ मा भएको १३ औँ महाधिवेशनमा खुल्लाबाटै केन्द्रीय सदस्यमा निर्वाचित भए । २०७० सालको संविधानसभाको चुनावमा उनी समानुपातिक तर्फबाट सांसद भए ।

२०७४ पाण्डे​ राष्ट्रियसभाको सदस्य निर्वाचित भएका थिए । उनी गत मंसिरमा सम्पन्न कांग्रेसको १४ औँ महाधिवेशनबाट पिछडिएको क्षेत्रबाट सहमहामन्त्रीमा निर्वाचित भएका थिए ।



  • प्रकाशित मिति : मंसिर १८, २०७९ आइतबार ९:४४:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया