माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै, यी विषयमा हुँदैछ छलफल

नेकपा माओावादी केन्द्रको पदाधिकारी बैठक बस्दैछ । बैठक दिउँसो २ बजेपछि पार्टी कार्यालय पेरिसडाँडामा बस्न लागेको हो ।

आजको बैठकमा ४ मंसिरको निर्वाचनको समीक्षाका साथै अब बन्ने नयाँ सरकार निर्माणबारे छलफल हुने बताइएको छ । शनिबार पार्टी कार्यालयमा बसेको पदाधिकारी बैठकले सरकारमा जान सबै विकल्प खुला गरेको बताएको थियो । 

आजको बैठकले सरकारमा जानका लागि गठबन्धनलाई नै निरन्तरता दिने वा नेकपा एमालेसँग सहकार्य गरेर अघि बढ्ने भन्ने बारेमा छलफल हुनसक्ने नेताहरूले बताएका छन् ।

४ मंसिरमा भएको निर्वाचनबाट माओवादी केन्द्रले प्रत्यक्षतर्फ १७ सिटमा जित निकालेको छ । 





  • प्रकाशित मिति : मंसिर १८, २०७९ आइतबार १०:१५:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया