विश्वकपमा आज फ्रान्स भर्सेस पोल्याण्ड र इंग्ल्याण्ड भर्सेस सेनेगल

कतारमा जारी फिफा विश्वकप फुटबलमा आज क्वाटरफाइनल प्रवेशका लागि चार टोली प्रतिस्पर्धा गर्दैछन् । 

आइतबार हुने पहिलो खेलमा पोल्याण्ड र फ्रान्सले प्रतिस्पर्धा गर्नेछन् । यी दुई टोलीबीचको खेल अल थुमाम स्टेडियममा राति ८ः४५ देखि सुरु हुनेछ । 

साविक विजेता फ्रान्स र पोल्याण्ड पनि आजको खेलमा जित निकालेर क्वाटरफाइनलको यात्रा तय गर्ने लक्ष्यमा छन् । पोल्याण्ड समूह ‘सी’ को उपविजेताको रूपमा अन्तिम १६ मा पुगेको हो ।

फ्रान्सले समूह ‘डी’ को विजेताको रूपमा नकआउट चरणको यात्रा तय गर्‍यो । हालसम्म फ्रान्स र पोल्याण्डले १६ अन्तर्राष्ट्रिय म्याच खेलेका छन् । जसमा फ्रान्सले ८ खेलमा जित हात पार्दा पाँचमा बराबरी र तीन खेलमा हारको सामना गरेको छ । 

आजै हुने दोस्रो खेलमा इंग्ल्याण्डले सेनेगलको सामना गर्नेछ । यी दुई टोलीबीचको खेल नेपाली समयअनुसार राति पौने १ बजे सुरु हुनेछ । इंग्ल्याण्ड समूह ‘बी’ को विजेता तथा सेनेगल समूह ‘ए’ को उपविजेताका रूपमा अन्तिम १६ प्रवेश गरेका हुन् ।

समूह चरणमा अपराजित इंग्ल्याण्ड सेनगलविरुद्ध पनि त्यसलाई कायम राख्दै क्वाटरफाइनल पुग्ने लक्ष्यमा छ । समूह चरणका पछिल्ला दुई खेलमा जित हात पारेको सेनेगल पनि इंग्ल्याण्डलाई स्तब्ध पार्दै क्वार्टफाइनलमा पुग्न चाहन्छ । 





  • प्रकाशित मिति : मंसिर १८, २०७९ आइतबार ११:६:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया