कैलालीमा स्कारपियोले अटोरिक्सालाई ठक्कर दिँदा तीनजना घाइते भएका छन् । शनिबार जिल्लाको लम्कीचुहा नगरपालिका–३ बल्चौरस्थित पूर्वपश्चिम राजमार्गमा स्कारपियोले अटोरिक्सालाई ठक्कर दिएपछि दुर्घटना भएको हो ।
प्रहरीका अनुसार पश्चिमबाट पूर्वतर्फ गइरहेको गरेको बा १४ च ९५७६ नम्बरको स्कारपियोले विपरीत दिशाबाट आइरहेको से १ ह ९३३ नम्बरको अटोलाई ठक्कर दिएको थियो । ठक्करपछि तीनजना घाइते भएका छन् ।
घाइते हुनेमा अटो चालक २९ वर्षीय दिपक वादी, अटोमा पछाडि सवार अन्दाजी ३० वर्षीय हरिश वादी र अन्दाजी २४ वर्षीया कल्पना वादी रहेका छन् ।
घाइते तिनै जनालाई उपचारको लागि कोहलपुर मेडिकल कलेज लगिएको छ । ठक्कर दिने स्कारपियो चालक नेपालगञ्ज उपमहानगरपालिका–१० बस्ने ४१ वर्षीय भूपेन्द्र बिकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।