वेस्ट इन्डिजसँगको पहिलो टेस्टमा अस्ट्रेलिया १६४ रनले विजयी

वेस्ट इन्डिजविरुद्धको पहिलो टेस्ट म्याच घरेलु टोली अस्ट्रेलियाले १ सय ६४ रनले जितेको छ । योसँगै दुई खेलको सिरिजमा अस्ट्रेलियाले १–० को अग्रता लिएको छ ।

पाहुना टोली वेस्ट इन्डिजले भने सिरिजमा हारबाट सुरुवात गर्‍यो । पहिलो खेलमा अस्ट्रेलियाले दिएको ४ सय ९८ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज ३ सय ३३ रनमा अलआउट भयो ।

उसका लागि कप्तान क्रेग ब्राथवेटले ११० रन बनाए । त्यस्तै, रोस्टन चेजले ५५, टेगनराइन चन्द्रपउलले ४५ र अलजारी जोसेफले ४३ रन जोडे । बलिङतर्फ अस्ट्रेलियाका नाथन लायन एक्लैले ६ विकेट लिए । त्यस्तै, ट्रभिस हेडले दुई,  मिचेल स्टार्क र जोस हेजलउडले एक/एक विकेट हात पारे ।

पहिलो पारीमा ३ सय १५ रनको अग्रता बनाएको अस्ट्रेलियाले दोस्रो पारीमा २ विकेट गुमाएर १ सय ८२ रन बनाएको अवस्थामा पारी समाप्तीको घोषणा गर्‍यो । जसमा मार्नस लाबुसेनले २०४, स्टिभ स्मिथले अविजित २००, ट्रभिस हेडले ९९ र उस्मान ख्वाजाले ६५ रन बनाए ।

पहिलो पारीमा उसले ५ सय ९८ रन बनाएको थियो । वेस्ट इन्डिजले पहिलो पारीमा २ सय ८३ रन बनाएको थियो । उसका लागि कप्तान क्रेग ब्राथवेटले सर्वाधिक ६४ रन बनाए ।

अस्ट्रेलियाका लागि प्याट कमिन्स र मिचेल स्टार्कले सर्वाधिक तीन/तीन विकेट लिए । अस्ट्रेलिया र वेस्ट इण्डिजबीचको दोस्रो टेस्ट ८ डिसेम्बरदेखि सुरु हुनेछ । 





  • प्रकाशित मिति : मंसिर १८, २०७९ आइतबार १३:५०:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया