आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजअन्तर्गत स्कटल्याण्डविरुद्ध नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको छ । नेपाल र स्कटल्याण्डबीचको खेल विन्डहोकस्थित युनाइटेड क्रिकेट क्लब मैदानमा भइरहेको छ ।
आजको खेलमा नेपालले प्लेइङ–११ मा एक खेलाडी परिवर्तन गरेको छ । नेपालले सोमपाल कामीलाई विश्राम दिएर करण केसीलाई मौका दिएको हो ।
जारी सिरिजमा नेपाल पहिलो जितको खोजीमा छ । शुक्रबार भएको पहिलो खेलमा नेपालले वर्षाका कारण नामिबियासँग अंक बाँडेको थियो ।
अहिलेसम्म विश्वकप लिग–२ मा स्टकटल्याण्डले उत्कृष्ट प्रदर्शन गरिरहेको छ । उसले २९ म्याच खेल्दा २० मा जित र ७ खेलमा मात्र हार बेहोरेको छ । स्कटल्याण्डले २ खेलमा भने अंक बाँडेको छ ।
एकदिवसीय अन्तर्राष्ट्रियमा हालसम्म स्कटल्याण्डसँग नेपालले दुई म्याच खेलेको छ । जसमा नेपालले एकमा जित र एक खेलमा हार बेहोरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।