अघिल्लो पटक प्रतिनिधि सभामा निर्वाचित थापा अहिले प्रदेशमै पराजित

बाजुरा प्रदेशसभा (ख) मा पराजित नेकपा एमालेको तर्फबाट उम्मेदवारी दिएका लालबहादुर थापा ७४ को आम निर्वाचनमा प्रतिनिधि सभामा निर्वाचित भएका थिए । २०७४ मा थापा कांग्रेसका कविराज पण्डितलाई ४ हजार ३ सय ४८ मतले पछि पार्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । 

थापाले २८ हजार ६५ मत प्राप्त गरेका थिए । कांग्रेसका पण्डितले २३ हजार १ सय ८६ मत ल्याएका थिए । अहिले प्रदेशमा थापा पराजित भए । ०७४ प्रदेशमा पराजित उम्मेदवारले थापालाई हराएका हुन् । 

अहिले कांग्रेसका उम्मेदवार पदमबहादुर शाही निर्वाचित भए ।  निर्वाचित शाहीले २० हजार १ सय १९ मत ल्याए । उनका निकटतम् प्रतिद्वन्द्वी लालबहादुर थापाले १७ हजार ५ सय २१ मत प्राप्त गरे । पराजित थापाले  स्वतन्त्र पूर्वक जनताले मतदान गर्न नपाउँदा हार भएको दावी गरेका छन् । 





  • प्रकाशित मिति : मंसिर १८, २०७९ आइतबार १५:८:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया