जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त राउत (सिके) र स्वतन्त्र सांसद प्रभु शाहबीच आइतबार भेटवार्ता भएको छ ।
सांसद शाहले सामाजिक सञ्जालमार्फत आफूहरूबीच भेटवार्ता भएको र भेटका क्रममा समसमायिक राजनीतिक विषयवस्तुमा केन्द्रित रही छलफल भएको जानकारी दिएका छन् ।
शाह नेकपा एमालेबाट विद्राेह गरी रौतहट ३ बाट स्वतन्त्र उम्मेदवारका रुपमा निर्वाचित भएका छन् । उनलाइ निर्वाचनमा सत्तागठबन्धनले समर्थन गरेकाे थियाे ।
जनमत पार्टीका अध्यक्ष राउत सप्तरी –२, बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । उनकाे पार्टीले समानुपातिकमा थ्रेसहाेल्ड पार गरी राष्ट्रिय पार्टी बनेकाे छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।