सत्ता गठबन्धनको बैठक बस्दै, निर्वाचनको नतिजाबारे छलफल हुने

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछिको समग्र अवस्थाका बारेमा छलफल गर्न सोमबार सत्तारूढ गठबन्धनको बैठक बस्ने भएको छ । 

नेकपा (माओवादी केन्द्र) को पदाधिकारीको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै महासचिव देवप्रसाद गुरुङले सोमबार सत्तारूढ गठबन्धनको बैठक बोलाइएको जानकारी दिए । 

बैठकमा निर्वाचनको समग्र अवस्थाका बारेमा समीक्षा हुने बताइएको छ । यही ४ मंसिरमा सम्पन्न निर्वाचनमा नेपाली कांग्रेसले ५७ स्थानमा जित निकालेको छ । 

यस्तै, माओवादी १७ स्थानमा विजयी भएको छ । दोलखामा जारी मतगणनामा माओवादी अग्रस्थानमा छ । त्यस्तै, नेकपा (एकीकृत समाजवादी) ले १० स्थानमा जित निकाल्दा, लोकतान्त्रिक समाजवादी पार्टीले चार, राष्ट्रिय जनमोर्चा एक स्थानमा विजयी भएको छ । 

बैठकको समयका बारेमा भने उल्लेख गरिएको छैन । 





  • प्रकाशित मिति : मंसिर १९, २०७९ साेमबार ७:४:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया