दोलखामा फेरि एमालेका शिवाकोटीले लिए अग्रता, माओवादीका कार्की ३० मतले पछाडि
फरकधार / १९ मंसिर, २०७९
यो सामग्री सेयर गर्नुहोस्

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दोलखामा जारी मतगणनामा नेकपा एमाले र माओवादी केन्द्रका उम्मेदवारबीच रोचक प्रतिस्पर्धा भइरहेको छ ।



गठबन्धनको तर्फबाट उम्मेदवार रहेका माओवादीका गंगा कार्की र एमालेका बालकृष्ण शिवाकोटीबीच रोचक प्रतिस्पर्धा भइरहेको हो ।



आइतबार बिहानसम्म शिवाकोटीले अग्रता लिएकोमा दिउँसोदेखि कार्की अगाडि बढेका थिए । तर, कार्की फेरि आज बिहानदेखि पछि परेका छन् । पछिल्लो मतपरिणामअनुसार उनले ३३ हजार ९०९ मत ल्याएका छन् ।



अग्रता लिएका शिवाकोटीले ३३ हजार ९३९ मत प्राप्त गरेका छन् । कार्कीभन्दा शिवाकोटी ३० मतले अगाडि छन् । 







  • प्रकाशित मिति : मंसिर १९, २०७९ साेमबार ७:४५:३६,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया