दोलखाबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा माओवादी केन्द्रका उम्मेदवार गंगा कार्की निर्वाचित भएका छन् । उनी नेकपा एमालेका बालकृष्ण शिवाकोटीलाई ३१७ मतान्तरले हराउँदै प्रतिनिधिसभामा निर्वाचित भएका हुन् ।
विजयी भएका कार्कीले ३६ हजार ७९९ मत ल्याए । उनका निकटतम् प्रतिद्वन्द्वी शिवाकोटीले ३६ हजार ४८२ ले मत प्राप्त गरे ।
यद्यपि औपचारिक घोषणा हुन भने बाँकी रहेको छ । प्रतिनिधि सभातर्फको मतगणना सकिएको र रुजु गर्ने कार्य भइरहेको दोलखाका प्रमुख निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए ।
दोलखामा कुल १ लाख ६१ हजार ४ सय ५० मतदाता रहेका थिए । त्यहाँ १४ राजनीतिक दलका र सात स्वतन्त्र गरी २१ उम्मेदवार प्रतिस्पर्धामा थिए ।
दोलखा प्रदेशसभा (क) मा कांग्रेस उम्मेदवार कुन्दनराज काफ्ले र प्रदेशसभा (ख) मा नेकपा एमालेका भरत केसी विजयी भएका छन् । दोलखामा समानुपातिक गणना भने जारी छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।