उषा राई मृत्यु प्रकरण : थप एक आरोपित पक्राउ
मृतक उषा राई

धरान उपमहानगरपालिका–१३ की उषा राई मृत्यु प्रकरणमा थप एकजना पक्राउ परेका छन् । घटनामा संलग्न रत्ना लिम्बूलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरीक्षक बुद्ध श्रेष्ठले जानकारी दिए ।

मुख्य आरोपित उर्मिला राईलाई भने प्रहरीले १५ मंसिरमा र सुसेली राई र सुमित्रा राईलाई १६ गते पक्राउ गरेको थियो । निज आरोपितहरू ४ जनालाई जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी अनुसन्धान गरिरहेको डिएसपी श्रेष्ठले बताए ।

अन्य दुईजनाको पनि पहिचान भइसकेकाले खोजी कार्य भइरहेको र एक जनाको भने पहिचान हुन नसकेको प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताए ।

गत ३ कात्तिकमा आरोपितमध्ये उर्मिला राईले शंकाको भरमा आफन्त र केही महिलालाई लगेर उषालाई कुटपिट गरेकी थिइन् । कुटपिटबाट गम्भीर घाइते उषालाई तत्काल बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । 

प्रतिष्ठानमा केही दिन उपचार गरी डिस्चार्ज भएको उषाले उपचार खर्च पाउने गरी सामुदायिक प्रहरीमा मिलापत्र गरेको थियो । 





  • प्रकाशित मिति : मंसिर २०, २०७९ मंगलबार १२:३०:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया