तीनकुनेमा बसले मोटरसाइकललाई ठक्कर दिँदा युवकको मृत्यु, एकजना घाइते

काठमाडौंको तीनकुनेमा आज बिहान बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । दुर्घटनामा अर्का एकजना घाइते भएका छन् ।

मृत्यु हुनेमा झापा घर भई हाल भक्तपुरको चारदोबाटो बस्ने २५ वर्षीय रोमित रिजाल रहेका छन् । उनलाई उपचारको लागि सिभिल अस्पताल पठाइएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् ।

घाइते भएका मोटरसाइकलमा पछाडि सवार सप्तरीको अग्निसायर गाउँपालिका घर भई हाल भक्तपुरको दुवाकोट बस्ने २२ वर्षीय उदित चौधरीको सोही अस्पतालमै उपचार भइरहेको छ ।

कोटेश्‍वरबाट सिनामङ्गलतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ४८ ४० नम्बरको बसले बानेश्‍वरबाट कोटेश्‍वरतर्फ जाँदै गरेको बा८१प २७ ९९ नम्बरको मोटरसाइकललाई आज बिहान साढे ४ बजे ठक्कर दिएको थियो ।

दुवै सवारी साधनसहित बस चालक नियन्त्रणमा रहेको प्रहरी वृत्त बानेश्वरले जनाएको छ ।





  • प्रकाशित मिति : मंसिर २०, २०७९ मंगलबार १३:४५:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया