गण्डकी प्रदेशमा २७ सिटसहित कांग्रेस पहिलो दल

गण्डकी प्रदेशसभामा २७ सिटसहित कांग्रेस पहिलो दल बनेको छ । कांग्रेस प्रत्यक्षतर्फ १८ सिट र समानुपातिकतर्फ ९ सिट प्राप्त गर्दै पहिलो दल बनेको हो । 

गण्डकी प्रदेशसभामा एमाले २२ सिटसहित दोस्रो दल बनेको छ । प्रत्यक्षतर्फ १२ सिट प्राप्त गरेको एमालेले समानुपातिकतर्फ १० सिट प्राप्त गरेको छ । 

माओवादी केन्द्रले ७ सिट प्राप्त गरेको छ । माओवादीले प्रत्यक्षमा ४ र समानुपातिकमा ३ सिट प्राप्त् गरेको हो । 

हँसिया हथौडा चुनाव चिह्नमा चुनाव लडेको बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले पनि गण्डकीमा प्रत्यक्षतर्फ १ सिट जितेको छ । गोरखा २(क)बाट नेसपाका फणिन्द्र देवकोटा विजयी भएका हुन् । उनी पनि माओवादीकै सांसद मानिने हुँदा गण्डकीमा माओवादीको ८ सिट हुने भएको छ । 

गण्डकीमा राप्रपाले पनि समानुपातिकतर्फ २ सिट प्राप्त गरेको छ । गण्डकीमा मनाङ प्रदेशसभा २ बाट स्वतन्त्र उम्मेदवारका रूपमा विजयी भएका राजीव गुरुङ नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरिसकेका छन् ।

६० सदस्यीय गण्डकी प्रदेशसभामा प्रत्यक्षतर्फ ३६ र समानुपातिकतर्फ २४ सांसद निर्वाचित हुन्छन् । गण्डकीमा सरकार बनाउन आवश्यक बहुमत संख्या ३१ हो । जसमा कांग्रेस एक्लैलाई सरकार बनाउन ४ सिट मात्र पुग्दैन । 





  • प्रकाशित मिति : मंसिर २०, २०७९ मंगलबार २२:५७:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया