कैलालीमा भिनाजुको हँसिया प्रहारबाट सालोको मृत्यु, एकजना घाइते
प्रतीकात्मक तस्वीर

कैलालीमा भिनाजुले हँसिया प्रहार गर्दा सालोको मृत्यु भएको छ । जिल्लाको जोशीपुर गाउँपालिका–६ का ३३ वर्षीय पदमराज भण्डारीको भिनाजुको हँसिया प्रहारबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।

५० बर्षीय गौरीलाल ढुंगानाले सालो नाता पर्ने भण्डारीमाथि हँसिया प्रहार गरेका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए । 

भिनाजुको हँसिया प्रहारबाट अर्का सालो ४० वर्षीय जयराज भण्डारी गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि कोहलपुर रेफर गरिएको छ । मंगलबार राति भएको घटनापछि आरोपित ढुंगाना फरार हरेको प्रहरीले जनाएको छ । 

उनको खोजीका लागि प्रहरी परिचालन गरिएको डिएसपी जोशीले बताए । 
 





  • प्रकाशित मिति : मंसिर २१, २०७९ बुधबार ९:४१:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया