काठमाडौं महानगरको निर्देशन : कार्यालय परिसरको फोहोर ३५ दिनभित्र हटाउनू

काठमाडौं महानगरपालिकाले आफ्नो कार्यालय परिसर नियमित सफा राख्न निर्देशन दिएको छ । बुधबार सार्वजनिक सूचना जारी गर्दै महानगरले कार्यालय परिसर सफा नगरेको पाइए कारबाही गर्ने चेतावनी दिएको हो ।  

‘महानगरभित्र रहेका सरकारी तथा सार्वजनिक कार्यालय, संस्थान, विभिन्न प्रतिष्ठान, स्वास्थ्य तथा शैक्षिक संस्था, गैह्रसरकारी संस्था, कम्पनी तथा अन्य प्रकृतिका निजी कार्यालयको परिसरलाई नियमित सरसफाइ नगरेका कारण सहरी सुन्दरतामै ह्रास आएको छ,’ सूचनामा भनिएको छ, ‘कार्यालय परिसरमा रहेका छरपस्ट पुराना उपकरण तथा अन्य प्रकृतिका फोहोरमैला ३५ दिनभित्र आफैं व्यवस्थापन नगरे प्रचलित कानुन बमोजिम दण्ड जरिबाना हुनेछ ।’  

कार्यालय परिसर सफा नहुँदा सहरको सुन्दरतामै ह्रास आएको सूचनामा उल्लेख छ । ​





  • प्रकाशित मिति : मंसिर २१, २०७९ बुधबार १२:५:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया