लिम्बू समुदायले चासोक तङनाम पर्व मनाउँदै

पूर्वी नेपालमा बसोबास गर्दै आएका लिम्बू समुदायको आफ्नै संस्कार संस्कृति छ । यी समुदायलाई प्रकृति पूजकको रूपमा लिइन्छ । लिम्बू समुदायको आफ्नै मौलिक पर्वहरू छन् । 

यी पर्वहरूमध्ये चासोक तङनाम अर्थात् (न्वागीपूजा) पनि एक हो । यो पर्व अन्नबाली पाकेर प्रकृतिलाई चढाउन सुरु भएसँगै चासोक सुरु हुन्छ । अन्नबाली लगाउँदा याक्वा गरी अर्थात् प्रकृतिलाई अनुमति मागी अन्नबाली लगाउने गर्छन् । लगाएको अन्नबाली पाकेर पनि कसैले नखाई प्रकृतिलाई चढाएर मात्रै ग्रहण गर्ने प्रचलन रहँदै आएको छ । 

पूर्वको विभिन्न क्षेत्रसँगै तेह्रथुममा पनि भव्य समारोहका साथ मनाइएको छ । विभिन्न कार्यक्रमका माझ चासोक पूजा तथा विभिन्न प्रतियोगिता सञ्चालन गर्दै यो पर्व हर्षोल्लासका साथ लिम्बू समुदायले मनाएका छन् ।

लिम्बू समुदायमा घर-घरमा नै चासोक मनाउँदै आएको भए पनि पछिल्लो समय यी समुदायको सघन बस्ती रहेको स्थानहरूमा सामूहिक रुपमा मनाउन थालिएको स्थानीय अनिल आंखेवाले बताए ।

उनी भन्छन्, ‘हामीले पहिले पहिले घरघरमै चासोक गर्दै आएका हौँ । हाम्रो संस्कार संस्कृति लोप हुँदै गएपछि सामूहिक रूपमा चासोक तङनाम मनाउन थालेका हौ ।’

पर्वको अवसरमा लिम्बू समुदायको च्याब्रुङ नाच धाननाच प्रदर्शन तथा छेलो हान्ने धनुकाँड हान्ने लगायतका लोप हुँदै गएका खेलहरू समेत सञ्चालन गरिँदै आएका छन् ।  





  • प्रकाशित मिति : मंसिर २२, २०७९ बिहीबार ११:०:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया