कालीकोटमा डोजर दुर्घटना : मृतकको संख्या तीन पुग्यो, तीनजना बेपत्ता

कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका–१ अँधेरीखोला भिरमा भएको डोजर दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ । दुर्घटनामा परी घाइते भएका रास्कोट नगरपालिका–७ का २२ वर्षीय मिलन शाहीको उपचारका क्रममा मृत्यु भएको हो ।

त्यस्तै, दुर्घटनामा सान्नी त्रिवेणी गाउँपालिका–१ का ३० वर्षीय चरित्र सार्की र १६ वर्षीय युवराज बुढाको पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।

यस्तै, घाइते खाँडाचक्र नगरपालिका–११ बराँतुगाउँका १४ वर्षीय आशीष भारती र विकास भारतीको जिल्ला अस्पताल कालीकोटमा उपचार भइरहेको छ । तीन जना अझै बेपत्ता रहेका छन् ।

बेपत्ता हुनेमा डोजर चालक अछामका कमल सोडारी, सान्नी त्रिवेणी गाउँपालिका–१ का १९ वर्षीय उमेश गिरी र १४ वर्षीय रक्तिम कार्की रहेका छन् ।

फुकोट कर्णाली जलविद्युत् आयोजनाको निर्माणधीन सुरुङभित्रको पानीको अवस्था जाँच गरी फर्कने क्रममा डोजर शनिबार दुर्घटना भएको हो । 





  • प्रकाशित मिति : मंसिर २५, २०७९ आइतबार ७:४२:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया