महोत्तरीको बर्दिवासमा गाडीको ठक्करबाट पैदल यात्रीको मृत्यु

महोत्तरीमा गाडीको ठक्करबाट एकजना पैदल यात्रीले ज्यान गुमाएका छन् । प्रहरीका अनुसार दुर्घटनामा मृत्यु हुनेमा बर्दिवास नगरपालिका–३ कालापानीका ६६ वर्षीय वीरबहादुर आले मगर रहेका छन् ।

सिन्धुलीबाट बर्दिवासतर्फ आउँदै गरेको स१च १५४५ नम्बरको गाडीले बाटो काट्ने क्रममा मगरलाई ठक्कर दिएको थियो ।

इलाका प्रहरी कार्यालय बर्दिवासका अनुसार गाडीको ठक्करबाट गम्भीर घाइते मगरको उपचारको क्रममा बर्दिवासस्थित जनसेवा अस्पतालमा मृत्यु भएको हो । 





  • प्रकाशित मिति : मंसिर २५, २०७९ आइतबार १०:३१:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया