‘हनी ट्र्याप’ आरोपमा तीनजना पक्राउ

दाङमा हनी ट्र्याप (आपराधिक लाभ) गर्ने तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–६ दशरथ टोल बस्ने ३५ वर्षकी अनुष्का सिंह भन्ने कृष्णा गहतराज, तुलसीपुर–१८ ग्वारखोला बस्ने ३८ वर्षकी कृष्णाकुमारी बस्नेत र घोराही उपमहानगर–१० नारायणपुर बस्ने २६ वर्षीय जनक भन्ने रुद्रबहादुर केसी रहेका छन् । 

तुलसीपुरका एक व्यवसायीलाई ब्ल्याकमेलिङ गरी रकम माग्ने र बलात्कारको मुद्दा हाल्ने भन्दै करोडको बार्गेनिङ गर्दै आएका थिए। बार्गेनिङ गरेपछि ती व्यवसायीले उनीहरूविरुद्ध प्रहरीमा जाहेरी दिएपछि उनीहरूलाई यही १६​ मंसिरको साँझ करिब ५ बजेतिर पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं डीएसपी राजनकुमार गौतमले जानकारी दिए ।  

घोराही उपमहानगर–१६ सर्रास्थित रहेको कोबिला रिसोर्टबाट उनीहरू पक्राउ परेका थिए । प्रहरीका अनुसार विगतमा रहेको व्यक्तिगत सम्बन्ध दुरुपयोग गरी गढवा गापा–६ घर भई हाल तुलसीपुर बस्ने गहतराजले आफन्त साथीहरूको सहयोगबाट बार्गेनिङ गरी केही समयदेखि आर्थिक लाभ लिँदै आएको थिइन् तर पीडित जाहेरवाला आफूलाई पटक पटकको डर धाक धम्की दिँदै आएको र त्यो सहन नसकी प्रहरीमा जाहेरी दिएका थिए ।

उनीहरूले पीडितबाट ठूलो रकम आपराधिक लाभ लिने उद्देश्यले माग गरिरहेको र उनीहरूउपर आपराधिक लाभ कसुर अन्तर्गत मुद्दा दर्ता भई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 





  • प्रकाशित मिति : मंसिर २५, २०७९ आइतबार १३:१०:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया