सुदूरपश्चिमको खाद्य व्यवस्था तथा व्यापार कम्पनीको कार्यालयमा तालाबन्दी

सुदूरपश्चिमको खाद्य व्यवस्था तथा व्यापार कम्पनीको कार्यालयमा तालाबन्दी गरिएको छ। सरकारले धानको मूल्य निर्धारण गरेर पनि धान खरिद नगरेको भन्दै प्रदेश कार्यालयमा आइतबार तालाबन्दी गरिएको हो।

नेपाली कांग्रेसको नेपाल किसान महासङ्घ र नेकपा एमालेको अखिल नेपाल किसान महासंघले संयुक्त रूपमा कार्यालयमा तालाबन्दी गरेका हुन्। सरकारले कात्तिक १६ गते धानको मूल्य निर्धारण गरेको थियो। तर त्यो मूल्यमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले किसानसँग धान खरिद नगर्दा किसानले सस्तोमा धान बेच्न बाध्य भइरहेका छन्।

सरकारले तोकेकै मूल्यमा तत्काल किसानको धान खरिद गर्न माग गर्दै कार्यालयका तालाबन्दी गरिएको अखिल नेपाल किसान महासंघ स्थायी कमिटी सदस्य डेजी पाण्डेले बताए। सरकारले यसअघि नै मोटो धानको मूल्यप्रति क्विन्टल २ हजार ९७६ र मसिनो धानको मूल्य क्विन्टल ३ हजार १२८ निर्धारण गरेको थियो। 

तर, खाद्य व्यवस्था तथा व्यापार कम्पनीको किसानको धान खरिद गरिरहेको छैन। जसका कारण किसानहरू २ हजार ४ सय मूल्यमा धान बेच्न बाध्य छन्। 





  • प्रकाशित मिति : मंसिर २५, २०७९ आइतबार २०:२३:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया