नेपाल मोडेल स्कुलले गर्याे विज्ञान, गणित, चित्रकलासँगै सांस्कृतिक प्रदर्शनी

काठमाडौं– वसुन्धरास्थित नेपाल मोडेल स्कुलले सातौँ नेपाल मोडेल शैक्षिक मेला सम्पन्न गरेको छ । मेलाका क्रममा विज्ञान, गणित, चित्रकला तथा सांस्कृतिक प्रदर्शनी गरियो ।

दुई दिने प्रदर्शनीको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपति तथा वरिष्ठ कलाकार किरण मानन्धर र त्रिभुवन विश्वविद्यालय वनस्पति केन्द्रीय विभागका प्राध्यापक डा. सञ्जयकुमार झाले सोमबार उद्घाटन गरेका थिए । 

प्रदर्शनीमा २ दर्जनभन्दा बढी वैज्ञानिक प्रयोग, २ दर्जनभन्दा बढी गणितीय प्रयोग, ३ दर्जन चित्रकला र विभिन्न जातजातिको पहिचान दर्शाउने सांस्कृतिक प्रदर्शनीहरू समावेश थिए । 

आयोजकका अनुसार, दुई दिनमा ४२ विद्यालयका भन्डै ४ हजार विद्यार्थी, ३ सय शिक्षक र १ एक अभिभावकले प्रदर्शनीको अवलोकन गरे ।



पढेका सैद्धान्तिक विषयलाई प्रयोगमा ल्याउने बानीको विकास गर्न मद्दत पुर्याउने र प्राविधिक शिक्षाको प्रवर्द्धन गर्न उत्प्रेरित गर्ने भएकाले सात वर्षदेखि प्रदर्शनी गर्दै आएको आयोजक स्कुलका प्रिन्सिपल डिल्लीराम ढुंगेल बताउँछन् ।
 



  • प्रकाशित मिति : माघ २९, २०७५ मंगलबार २१:३३:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया