स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप दुईजनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । १६ सय चारजनाको नमुना परीक्षण गरिएकोमा दुईजनामा संक्रमण पुष्टि भएको हो ।
यस अवधिका संकलित नमुनामध्ये तीन सय ८७ वटाको पिसिआर र १२ सय १७ को एन्टिजेन प्रविधिमार्फत परीक्षण गरिएको थियो ।
यस्तै, हाल नेपालमा १७ जना मात्रै संक्रिय संक्रमित रहेको मन्त्रालयको भनाइ छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।