दाइजोको निहुँमा श्रीमतीलाई कुटपिट गरी घर निकाला गरेको आरोपमा प्रहरीले डा. पंकज चौधरीलाई पक्राउ गरेको छ ।
महोत्तरीको रामगोपालपुर नगरपालिका–५ का ३५ वर्षीय पंकजलाई मंगलबार साँझ पक्राउ गरिएको हो ।
महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी सन्तोष पोखरेलका अनुसार श्रीमती नेहा चौधरीले दिएको दाइजोविरुद्धको जाहेरीका आधारमा पंकजलाई पक्राउ गरेको हो ।
यसअघि गत ४ कात्तिकमा नेहाले जिल्ला प्रहरी कार्यालय महोत्तरीमा घरेलु हिंसासम्बन्धी उजुरी दर्ता गराएकी थिइन् । त्यसबेला प्रहरीले पंकजलाई तीन दिन थुनेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।