धनुषा-४ मा पुनः मतगणनाको माग गर्दै सर्वोच्चमा रिट दायर

धनुषा क्षेत्र नं ४ मा पुनः मतगणनाको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएकाे छ । साे क्षेत्रमा उम्मेदवार बनेर पराजित भएका नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले सर्वोच्चमा रिट दायर गरेका हुन् ।

यादव एमाले सचिव समेत रहेका रघुवीर महासेठसँग १२४ मतले पराजित भएका थिए । महासेठले ३२ हजार २ सय ३६ मत ल्याएर विजयी हुँदा यादवले ३२ हजार ११२ मत ल्याएका थिए ।

सर्वोच्च अदालतको संवैधानिक इजलासमा उनले दर्ता गराएको रिटमा निर्वाचन आयोग, मुख्य निर्वाचन अधिकृतको कार्यालय धनुषा, जिल्ला निर्वाचन कार्यालय धनुषा, प्रमुख जिल्ला अधिकारी र एमाले उम्मेदवार महासेठलाई विपक्षी बनाएका छन् ।





  • प्रकाशित मिति : मंसिर २८, २०७९ बुधबार १६:३९:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया