सुतेकै ठाउँमा मृत फेला परे प्रहरी निरीक्षक
प्रतीकात्मक तस्वीर

सोलुखुम्बुमा एक प्रहरी निरीक्षक सुतेकै अवस्थामा मृत फेला परेका छन् । जिल्लाको माप्य दूधकोशी गाउँपालिका–३ बासामा प्रहरी निरीक्षक श्रीप्रसाद राई सुतेकै अवस्थामा मृत फेला परेका हुन् ।

बेलुका खाना खाएर सुतेका राई घरैमा ओछ्यानमा मृत भेटिएका प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक राई ओखलढुंगाको इलाका प्रहरी कार्यालय खिजिफलाटेका प्रहरी प्रमुख थिए । 

उनी पारिवारिक भेटघाटका लागि केही दिन अगाडि मात्र घर बिदामा आएका थिए । राईको सब पोस्टमार्टम गरी परिवारलाई जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । 





  • प्रकाशित मिति : मंसिर २९, २०७९ बिहीबार ११:४५:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया