प्रदेश प्रमुखसमक्ष निर्वाचन परिणाम प्रस्तुत गरिने
फाइल तस्बिर

निर्वाचन आयोगले यही मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत सातै प्रदेशसभाको निर्वाचन परिणाम आगामी पुस २ गते सम्बन्धित प्रदेश प्रमुखसमक्ष प्रस्तुत गर्ने तयारी गरेको छ ।

आयोगले परिणामसहितको प्रतिवेदन सातै प्रदेशका राजधानीमा प्रदेश प्रमुखहरूसमक्ष आयोगका पदाधिकारीहरूबाट प्रस्तुत गरिने कार्यक्रम रहेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए ।

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ को प्रतिवेदन पठाइसकेपछि निर्वाचित सदस्यहरूको नामावली नेपाल राजपत्रमा प्रकाशन गरिनेछ । 





  • प्रकाशित मिति : मंसिर २९, २०७९ बिहीबार १४:४२:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया