सिमाना सुरक्षाबारे अमेरिकी सरकार र विपक्षीबीच सहमति

एजेन्सी– मेक्सिकोको सीमानामा पर्खाल निर्माणका लागि अमेरिकी सिनेटले रकम नछुट्टयाएका कारण सरकार र संसदबीच देखिएको विवादका केही बुँदामा सहमति जुटेको छ । 

३५ दिनसम्म अस्थायी खर्चबन्दी भएको र अमेरिकी संघीय निकायहरू खर्चविहीन हुने अवस्थाबाट गुज्रेपछि राष्ट्रपति एक कदम पछि हटेपछि आंशिक सरकारी कार्यालयको बन्द हटेको थियो । 

डेमोक्र्याट तथा रिपब्लिकन नेताहरूले सीमा सुरक्षाका विषयमा एक सैद्धान्तिक सहमति गरेसँगै अर्को अस्थायी खर्चबन्दी हुने र अमेरिकी संघीय निकायहरू खर्चविहीन हुने अवस्थाबाट गुज्रिने जोखिम टरेको हो । 

अमेरिकी सांसदहरूका अनुसार वाशिङटनमा भएको एक बैठकमा नयाँ सहमति जुटेको हो । 

सहमतिका बुँदाहरू बाहिर आइसकेका छैनन् ।  

अर्को खर्चबन्दी रोक्न शुक्रवारसम्म दुई पक्षबीच सहमति जुट्नैपर्ने आवश्यक थियो । अमेरिकी इतिहासकै सबैभन्दा लामो खर्चबन्दीका कारण अमेरिकी अर्थतन्त्रमा ११ अर्ब डलर घाटा भएको अनुमान गरिएको छ । 

सोमवार साँझ वाशिङटनमा डेमोक्रेटिक र रिपब्लिकन नेताहरूबीच केही घन्टासम्म चलेको छलफलपछि विवादमा सहमति जुटेको थियो । रिपब्लिकन सिनेटनर रिच्ड शेल्बीका अनुसार सबै मतभेदहरू हल भएका छन् । 

उनले भने, ‘सबै विषयमा सहमति जुटेको छ । त्यसका बुँदाहरू कर्मचारीहरूले केही दिनपछि बाहिर ल्याउनेछन् ।’ 





  • प्रकाशित मिति : फागुन १, २०७५ बुधबार ७:३३:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया