logo-img

संसद सचिवालयले निर्वाचन आयोगसँग माग्यो सांसदको जन्म मिति
फाइल तस्बिर

संघीय संसद सचिवालयले निर्वाचन आयोगसँग सांसदहरूको जन्म मितिसहितको विस्तृत विवरण मागेको छ ।  सचिवालयले शुक्रबार आयोगलाई पत्राचार गर्दै  सांसदहरूको विवरण मागेको संसद सचिवालयका उपसचिव दशरथ धमलाले  जानकारी दिए । 

उनका अनुसार आयोगले सांसदहरूको नामावली उपलब्ध गराए पनि पूर्ण विवरण नपठाएपछि थप विवरण मागेको हो । सचिवालयले विवरण उपलब्ध गराएपछि प्रक्रिया अघि बढ्ने उनले बताए । 

संसदमा प्रत्यक्ष र समानुपातिक गरी २७५ सांसद निर्वाचित भएका छन् । संसदमा ७ राजनीतिक दलले राष्ट्रिय मान्यता पाएका छन् भने १३ राजनीतिक दलको प्रतिनिधित्व रहनेछ । 





  • प्रकाशित मिति : पुस १, २०७९ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया